२०८२, २१ बैशाख आईतबार

कर्मचारीलाई दोषी देखाउनु हुन्न : अर्थमन्त्री

काठमाडौँ ३ पुस :अर्थमन्त्री डा युवराज खतिवडाले भावनामा बगेर होइन सत्यतथ्यमा आधारित भएर मात्र लेखापरीक्षण गर्ने विधि तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि संशोधनकर्ता सदस्यले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएका विषयलाई कारवाहीको दायरामा ल्याउने विषयलाई कडाइका साथ पालना गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो ।…