२०८३, १ आश्विन शुक्रबार

प्रचण्ड सरकार आफैँ तस्करीमा संलग्न छ : अध्यक्ष ओली

प्रचण्ड सरकार आफैँ तस्करीमा संलग्न छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् ।

तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको तर्क गरे ।

‘सरकार तस्करीमा संलग्न हुन्छ ।  तस्करहरुलाई समर्थन गर्छ । सरकार कमिशनखोरीमा डुब्छ । जनताका समस्या हेर्दैन् ।’ उनले भने, ‘जनता पीडामा छन् । म सरकारलाई सुझाव दिन चहान्छु अनेक किसिमका स्टन्टबाजी होईन्, भ्रष्टाचार नगर्नु, भ्रष्टाचार रोक्नुस, कमिशनखोरी बन्द गर्नुस्,  जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटो तर्फ लाग्ने काम गर्नुस् ।’

उनले तेजाव आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए । उनले भने, ‘यस्तो कार्य कही पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ । तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नु पर्छ, यसको लागि उपचार सरकारले निशूल्क गरोस् ।’

राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन उनले सञ्चारमाध्यमलाई सुझाव दिए । उनले भने, ‘यो तेजाव आक्रमण विरुद्धको दिवसमार्फत हामीले मानवीय भावना, जागरण फैलाउँन पनि जरुरी छ । अर्को कुरा दण्ड सजायको कडा व्यवस्था छ भन्ने कुराको प्रचार पनि गर्न जरुरी छ । थप अपराध रोक्नका लागि हामीले यस प्रकारको प्रचार गर्न आवश्यक छ । ’

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ४ : ०१ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण