काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै छन् ।आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री दाहालले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ । प्रधानमन्त्री दाहाले सम्मेलनमा सम्बोधन गरेसँगै युगान्डा…