२०८३, २२ आश्विन शुक्रबार

एमालेका पूर्वघोषित सवै कार्यक्रम स्थगित : कार्यवाहक महासचिव ज्ञवाली

एमालेका पूर्वघोषित सवै कार्यक्रम स्थगित : कार्यवाहक महासचिव ज्ञवाली


काठमाडौं । नेकपा एमालेले पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ। एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आज बिहान निधन भएकाले अर्को सूचना नभएसम्मका लागि एमालेको सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको छ । हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ। हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १: ४० बजे त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ।

’एमालेका कार्यवाहक महासचिव ज्ञवालीले भन्नुभयो, ,‘शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार नेम्वाङको पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ९ : ३८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य