काभ्रेपलाञ्चोक, २२ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साना किसानको ऋणमुक्तिका लागि सरकार सोचिरहेको बताउनुभएको छ । मण्डन देउपुर नगरपालिका–१० स्थित चण्डेनी मण्डन कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “साना किसान वर्षौंदेखि ऋणको थिलथिलोमा हुनुहुन्छ, उहाँहरुको ऋणमुक्तिबारे हामी सोचिराखेका छौँ ।” मन्त्री बाँस्कोटाले केही दिनपछि साना किसानलाई ऋणमुक्त बनाउनेबारे सरकारले छलफल गरी…