२०८३, २२ आश्विन शुक्रबार

आठ वर्ष अघिको त्यो दिन भारतसँग घुँडा नटेक्ने प्रण गरेको थिएँ : एमाले अध्यक्ष ओली

आठ वर्ष अघिको त्यो दिन भारतसँग घुँडा नटेक्ने प्रण गरेको थिएँ : एमाले अध्यक्ष ओली

भारतले आठ वर्षअघि लगाएको नाकाबन्दीको स्मरण


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आठ वर्ष अघि भारतले आजकै दिन सुरु गरेको नाकाबन्दीको स्मरण गर्नुभएको छ ।

संविधानसभाबाट संविधान जारी गरेपछि त्यसको खिलापमा रहेको भारतले नेपालका दक्षिणीसिमाबाट हुने आयातलाई पूर्णत बन्देज लगाएको थियो । नेपाल विरोधी भारतको यो अभियानमा आफूलाई मधेस केन्द्रित दलका नेता भन्ने उपेन्द्र यादव,महन्थ ठाकूर,राजेन्द्र महतो लगायतले साथ दिनुभएको थियो ।

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्दै आफूले यस दिनलाई कहिल्यै विर्सन नसक्ने दिनको रुपमा स्मरण गर्ने बताउनुभएको छ । ओलीले लेख्नुभएको छ, अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’

अध्यक्ष ओलीले नाकाबन्दी सुरु भएको दिनलाई नेपाल आत्मनिर्भरताको प्रेरणाको दिनका रुपमा लिएको बताउनुभएको छ । अबका दिनमा कसैले जतिसुकै प्रहार गरे पनि आत्मनिर्भरताको अभियानलाई जारी राख्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले नाकाबन्दीको त्यो त्रासदीपूर्ण दिनको सुरुवात आम जनताले कसरी सम्झेका होलान् भनेर जिज्ञासा पनि राख्नुभएको छ ।

नाकाबन्दीको १९ दिनपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । त्यसपछि उहाँले भारतसँग घुँडा नटेक्ने बरु सामना गर्ने नीति लिनुभयो । तत्कालिन प्रधानमन्त्री ओलीको यो अडानमा आम नेपाली जनताले साथ दिए । भारतले आफ्नो देश भ्रमणका लागि पटक पटक आमन्त्रण गरेपनि नाकाबन्दी अन्त्य नभएसम्म नजाने अडान लिनुभयो । अन्तत २०७२ को फागुनको सुरुमा भारतले नाकाबन्दी अन्त्य गरेको घोषणा गर्यो ।

अध्यक्ष ओलीले भारतको एकाधिकार अन्त्य गर्ने चीनसँग पनि व्यापार तथा पारवहान सन्धी गर्नुभयो ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ६ : ४२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य