२०८३, १४ कार्तिक शनिबार

नेपालको विकासमा सहयोग गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

नेपालको विकासमा सहयोग गर्ने राष्ट्रपति सीको प्रतिबद्धता


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीको नमुना बन्ने बताएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सहितको चिनियाँ टोली बीचको शिष्टाचार भेटमा सो कुरा बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएका हुन् ।


साताव्यापी भ्रमणका लागि शनिवार चीन आइपुगेका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबिच हाङचौँमा भेट वार्ता भएको छ । राष्ट्रपति सीले चीनले चीन तथा नेपालको सम्बन्धमा उच्च महत्त्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पार्दै विभिन्न व्यवहारिक सहयोग आदानप्रदान गर्ने आफूहरुको इच्छा रहेको बताएका थिए ।


देशको शासन र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानलाई सबल पारी सम्बन्धमा नयाँ प्रगति बढाउने चाहना चीनको रहेको समेत सीले जानकारी गराएका छन् ।


प्रधानमन्त्री दाहाल र नेपाली टोली सहित चिनियाँ राष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलको भेटमा प्रधानमन्त्री दाहालले चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० परियोजनालाई सुदृढताका साथ र समर्थन रहेको जानकारी गराए । प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेस्रो चीन भ्रमणले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा नयाँ शक्ति थपिने विश्वास समेत व्यक्त गरे ।

भेटपछि चिनियाँ समय अनुसार ८ बजे १९ औँ एसियाली खेलकुद प्रतियोगितामा प्रधानमन्त्री दाहाल सहभागी हुने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन् । सो खेलको प्रत्यक्ष प्रसारण चिनियाँ टेलिभिजनहरूले गरिहरेका छन् ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ५ : ५३ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा