काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएको विषयलाई राज्यले बेलैमा हल गनुपर्नेमा जोड दिएका छन् । संघीय संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यको चौथो अंग आमसञ्चार माध्यममा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक नपाएको विषय उठेको हो । राज्यले समयमै श्रमजीविका समस्या हल गर्न नसके देशमा लोकतन्त्र फस्टाउन नसक्ने…