२०८३, २० आश्विन बुधबार

केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा तय नहुँदा कांग्रेस नेताहरूबीच मतभेद

केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा तय नहुँदा कांग्रेस नेताहरूबीच मतभेद


काठमाडौं । नेपाली कांग्रेसको आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न शीर्ष नेताबीच सहमति जुट्न सकेको छैन।

मंगलबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको छलफलमा बैठकमा पेस गरिने एजेन्डाबारे एकमत हुन नसकेको कांग्रेस स्रोतले जनाएको छ।

दुवै महामन्त्रीहरू मंसिरमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याउने अडानमा छन् भने सभापति देउवा पक्ष भने त्यसबारे लचिलो छैन।

तीन नेताबीच छलफलपछि आज बिहान ११ बजे बस्ने भनिएको कार्यसम्पादन समिति बैठक पनि सुरु हुन सकेको छैन।
देउवा निकट नेताका अनुसार, सभापति देउवाले केन्द्रीय समिति बैठकमा आफ्नो वक्तव्य प्रस्तुत गर्ने तयारी गरेका छन्।

तर, बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेकाले आजको बैठक स्थगित गरेर साझा एजेन्डा तय गर्न नेताहरू अनौपचारिक छलफलमा जुटिरहेका छन्।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  १ : ५३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको