२०८३, २८ भाद्र सोमबार

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई लक्षित गर्दै इरानको सरकारी टेलिभिजनबाट धम्कीपूर्ण भिडियो प्रसारण भएपछि अमेरिकी सुरक्षा निकाय सतर्क भएको छ। इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) बाट प्रसारित करिब तीन मिनेट लामो भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गरिएको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भिडियोमा…