२०८३, ९ मंसिर बुधबार

६० एसपीको सरुवा : १३ जिल्लामा नयाँ प्रहरी प्रमुख, यस्तो छ जिम्मेवारी पाउनेको सूची

६० एसपीको सरुवा : १३ जिल्लामा नयाँ प्रहरी प्रमुख, यस्तो छ जिम्मेवारी पाउनेको सूची


काठमाडौं । नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दा १३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

सरुवासँगै बारा, मोरङ, उदयपुर, तनहुँ, बाँके, पूर्वी नवलपरासी, बर्दिया, धादिङ, कास्की, कैलाली, पाल्पा, भक्तपुर र दाङमा नयाँ प्रहरी प्रमुख खटिएका छन्।

सरुवाअनुसार बारामा कुमारविक्रम थापा, मोरङमा दिलिपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी र बर्दियामा बालनरसिंह राणा प्रहरी प्रमुख बनेका छन्।

त्यस्तै, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र दाङमा श्यामु अर्यालको सरुवा भएको छ।

यसअघि काजमा खटिएका चार एसपीको दरबन्दीसमेत सम्बन्धित जिल्लामै कायम गरिएको छ। सिन्धुपाल्चोकमा नीरञ्जनदत्त भट्ट, सुनसरीमा पुष्पराज मल्ल, सप्तरीमा रुपक खड्का र पर्सामा पवनकुमार भट्टराईको दरबन्दी सोही जिल्लामा कायम भएको हो।

६० एसपीको सरुवासँगै प्रहरी संगठनको जिल्लागत नेतृत्व र जिम्मेवारीमा फेरबदल आएको छ।

प्रकाशित मिति : २०८३, ९ मंसिर बुधबार  १० : ४९ बजे

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका

६० एसपीको सरुवा : १३ जिल्लामा नयाँ प्रहरी प्रमुख, यस्तो छ जिम्मेवारी पाउनेको सूची

काठमाडौं । नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ। प्रहरी प्रधान

शरीरभित्रै सुन लुकाएर तस्करी ! दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन तस्करीको नयाँ र अनौठो शैली सार्वजनिक भएको

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले