न्युयोर्क । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन् । महासभाको उच्चस्तरीय छलफलमा उनले सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्नुअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यसूची तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । गुटेरेससँगको भेटपछि शाहले महासभालाई सम्बोधन गर्नेछन् ।…