२०८३, १२ मंसिर शनिबार

बालेनमाथि योगेशको व्यंग्य : ‘न देखिन्छन्, न बोल्छन्’

बालेनमाथि योगेशको व्यंग्य : ‘न देखिन्छन्, न बोल्छन्’


काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि व्यंग्य गर्दै उनलाई ‘जासुसी उपन्यासको अदृश्य पात्र’ को संज्ञा दिएका छन्।

शनिबार एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री शाहको मौनता र राजनीतिक सक्रियतामाथि प्रश्न उठाए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्ति र प्रधानमन्त्री बालेनको मौनतामध्ये कुन राजनीतिक प्रतिद्वन्द्वी हो भन्ने नै स्पष्ट हुन नसकेको टिप्पणी गरे।

‘रवि लामिछानेको अभिव्यक्ति आजको हाम्रो प्रतिद्वन्द्वी हो कि बालेन शाहको मौनता ? त्यसको भेउ पाइएको छैन,’ भट्टराईले भने, ‘उहाँ जासुसी उपन्यासको पात्रजस्तो हुनुहुन्छ। अदृश्य हुनुहुन्छ, न देख्न सकिन्छ, न बोल्नुहुन्छ, न अन्तर्क्रिया गर्नुहुन्छ।’

भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका सहमति र सार्वजनिक दस्ताबेजमाथि पनि प्रश्न उठाए। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वा कांग्रेस नेता शेरबहादुर देउवाले त्यस्तै प्रकृतिका सहमति गरेर फर्किएको भए फरक राजनीतिक प्रतिक्रिया आउने उनको दाबी थियो।

भारत भ्रमणका उपलब्धिबारे केही बुद्धिजीवीले गरिरहेको प्रशंसामाथि टिप्पणी गर्दै उनले एउटै प्रकृतिका दस्ताबेजलाई नेतृत्वअनुसार फरक दृष्टिकोणबाट व्याख्या गर्ने प्रवृत्ति रहेको बताए।

प्रधानमन्त्री शाहको पक्षमा टुनामुना र तन्त्रमन्त्रजस्तो राजनीतिक वातावरण बनाइएको टिप्पणी गर्दै भट्टराईले यस्तो प्रभाव लामो समय टिक्न नसक्ने दाबी गरे। नक्कली जोगीको उदाहरण दिँदै उनले जनतालाई सधैँ भ्रममा राख्न नसकिने बताए।

प्रकाशित मिति : २०८३, १२ मंसिर शनिबार  ५ : ३९ बजे

राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट एकताका लागि राष्ट्रिय जागरण अभियान : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय

बालेनमाथि योगेशको व्यंग्य : ‘न देखिन्छन्, न बोल्छन्’

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र

पार्टीको नाम, झण्डा र चुनावी चिन्हको दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी :महामन्त्री प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै

‘सिन्दुरे जात्रा’ मा मनछुने प्रेमकथा छ : विजय बराल

‘सरल स्वाभाव’का विजय बराल : जसले सिने क्षेत्रमा नयाँ स्वाद

एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरियो

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र