काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश सरकारी, निजी तथा सामुदायिक अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुँदा हजारौं बिरामी प्रत्यक्ष प्रभावित भएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय…