काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने ४ जना सांसदको नाम टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ प्रतिनिधिसभामा पठाउने नामहरू चयन गरेको हो। पार्टीले समावेशी क्लस्टर मिलाएर उम्मेदवार छनोट गरेको जनाएको छ। राप्रपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा जाने नामहरू यसप्रकार छन्, भरत गिरी (खस आर्य पुरुष) ताहिर अली (मुस्लिम पुरुष)…