२०८३, ११ कार्तिक बुधबार

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन


काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। आज बिहान बालुवाटारमा भएको भेटमा नेताहरूले अहिलेको अवस्थामा राजीनामा समाधान नभएको बताएका हुन्।

सभापति थापालाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’, मधु आचार्य, अजयबाबु शिवाकोटीलगायत नेताहरू पुगेका थिए। भेटमा समसामयिक राजनीतिक अवस्था र चुनावी समीक्षाबारे छलफल भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।

उनका अनुसार अहिले कांग्रेसलाई सम्हालेर अघि बढाउनुपर्ने समय भएकाले राजीनामा दिनु उपयुक्त नहुने धारणा नेताहरूले राखेका थिए।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको कमजोर नतिजापछि सभापति थापाले राजीनामा दिने संकेत गरेका थिए। तर उपसभापति विश्वप्रकाश शर्माले हतार नगर्न आग्रह गरेपछि निर्णय तत्कालका लागि रोकिएको छ। कांग्रेसले चुनावी समीक्षाका लागि चाँडै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ५ : ३५ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव