२०८३, २३ बैशाख बिहीबार

न्यातपोलको गजुरमा झण्डोत्तोलन

भक्तपुर, १८ असार : भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको गजुरमा आज बुसाँरा मनाइएको छ । हरेक वर्ष असार शुक्ल प्रतिपदाको दिन बुसाँरा अर्थात् झण्डोत्तोलन गर्ने परम्परा अनुसार आज बुसाँरा गरिएको तलेजूका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । पाँचतले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा नेपाल संवत् ८२२ मा भूपतिन्द्र मल्लको पालादेखि यो परम्परा हरेक वर्ष चल्दै आएको…