२०८३, २१ आश्विन बिहीबार

विद्यार्थीद्वारा बनेपा पोलिटेक्निकमा तोडफोड

विद्यार्थीद्वारा बनेपा पोलिटेक्निकमा तोडफोड


काभ्रे, २६ भदौ: काभ्रेपलाञ्चचोकको बनेपा नगरपालिका–५ आजादडाँडामा रेहको नेपाल–बनेपा पोलिटेक्निकमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन् । त्यहाँ कार्यरत करार सेवाका कर्मचारीहरुले चार दिन अगाडिदेखि जारी राखेको आन्दोलनका कारण दुई दिनदेखि आफूहरुको सुचारु रहेको परीक्षा रोकिएको र बारम्बार प्रशासनलाई जानकारी गराउँदा पनि सम्बोधन नगरेको भन्दै आक्रोशित विद्यार्थीहरुले आज शिक्षालयको प्रशासकीय भवनमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट भवनको तीन वटा सिसामा क्षति पुग्नुका साथै भवनको मुख्य प्रवेशद्वार दायाँबायाँ सजाएर राखिएका गमलाहरु फुटेका छन् । चलिरहेको परीक्षा विना सूचना हिजोबाट रोकिएको र बारम्बार प्रशासनलाई परीक्षा सञ्चालन गर्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि तोडफोड गर्न बाध्य भएको विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले आफूहरुको भविश्यमाथि खेलबाड भएको भन्दै तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । परीक्षा रोकिएको बारेमा प्रशासनको प्रस्ट धारणा आउनुपर्ने र तत्काल परीक्षा सुचारु गर्नुपर्ने विद्यार्थीहरुको माग छ । शिक्षालयका लेखा अधिकृत राजकुमार पुडासैनीले विद्यार्थीहरुको परीक्षा चलिरहेको र त्यही क्रममा हुनुपर्ने प्रयोगात्मक परीक्षा रोकिएपछि विद्यार्थीहरुले तोडफोड गरेको बताउनुभयो ।

“२२ गतेदेखि परीक्षा शुरु भएकोमा हिजो र आज रोकियो, उता कर्मचारी साथीहरुले राखेको माग शिक्षालय आफैँले तत्काल पूरा गर्न सकिने अवस्था नभएकाले हामीले पनि माथिल्लो निकायमा जानकारी गराएका छौँ, त्यहीँबाट निर्णय आउनुपर्छ”, पुडासैनीले भन्नुभयो ।

कर्मचारीहरुले गरिरहेको आन्दोलन र विद्यार्थीहरुको परीक्षा रोकिनु आफूहरुको क्षमताभन्दा बाहिरको कुरा भएकाले सो विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्मा समेत जानकारी गराइसकेकोले त्यहाँबाट जे निर्णय हुन्छ, त्यहीअनुसार हुने उहाँको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको आङ्गिक शिक्षालय ‘नेपाल–बनेपा पोलिटेक्निक इन्स्टिच्यूट’मा कार्यरत पाँच जना आफ्नो करार सेवाका साथीहरुको नियुक्ति म्याद थप नगरिएको भन्दै राष्ट्रिय कर्मचारी सङ्गठन (सिटिइभिटी) र कर्मचारी संघ(सिटिइभिटी)ले संयुक्त रूपमा चार दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

कर्मचारीहरुले शिक्षालय प्रशासनद्वारा कर्मचारी हकहित विरुद्ध हुने गरी करार सेवामा कार्यरत पाँच कर्मचारीको नियुक्ति म्याद थप नगरिएपछि आन्दोलन गरेको जनाएका छन् । दुवै सङघ÷सङ्गठनले विभिन्न पाँच माग राखेर तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा आज र हिजो सम्पूर्ण कर्मचारीहरुले ‘पेन डाउन’ गरिएको छ ।

कर्मचारीहरुले आफूहरुको मागको सम्बोधन नगरिए २८ गतेदेखि शिक्षालयमा तालाबन्दी गर्न बाध्य हुने जनाएका छन् ।शिक्षालय प्रशासनले कर्मचारीहरुले राखेको मागको सम्बोधन नगरेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक परीक्षासमेत हिजोबाट रोकिएको छ । शिक्षालयमा विभिन्न विषयका गरी करीब ५०० विद्यार्थीहरु अध्ययनरत छन् । रासस

प्रकाशित मिति : २०७६, २६ भाद्र बिहीबार  ७ : ३७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले