धुलिखेल, १७ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भोलीदेखि नगरपालिका क्षेत्रबाट बाहिर नजान र बाहिरबाट नगरपालिका क्षेत्रभित्र प्रवेश गर्न नदिने भएको छ । कोरोना भाइरस एक अर्काबाट सर्न सक्ने भन्दै मानिसको आवतजावतमा लकडाउन अवधिभर रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए । अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन नगरपालिका क्षेत्रभित्र प्रवेश गर्न र सञ्चालन हुन…