२०८३, ९ असार बुधबार

तेमाल–१ का वडाध्यक्षले भने ‘जुवातास र भोजभतेर गरे कारबाही हुन्छ’

तेमाल–१ का वडाध्यक्षले भने ‘जुवातास र भोजभतेर गरे कारबाही हुन्छ’


धुलिखेल, १८ चैतः तेमाल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले जुवातास नखेल्न र भोजभतेर नगर्न आग्रह गरेका छन् । कोरोना भाइरस विरुद्धको सचेतना जोगाउन गाउँ–गाउँ पुगेका वडाध्यक्ष श्रेष्ठले जुवातास खेल र भोजभतेर गर्नेलाई बारबाही गर्ने बताएका हुन् ।

माइकिङ गर्दै आधाबाट, बोहोरे दोभान, अमलटार, कल्लेरीपाखा, लामागाउँ, भैसेँ, कोटतेमाल र खानीगाउँ पुगेको वडाध्यक्ष श्रेष्ठले स्थानीयलाई धेरै मान्छे जम्मा भएर भोजभतेर नगर्न उर्दी जारी गरेका हुन् । ‘यो कुनै जात्रा, मेला, महोत्सव, रमाइलो गरेर धेरै मान्छे जम्मा भएर भोजभतेर गर्ने समय होइन्, वडाध्यक्ष श्रेष्ठले भने ‘आफ्नै घरभित्र सुरक्षित बस्ने हो, हुलहुज्जत गर्ने, जाडरक्सी सेवन गर्ने र जुवातास लेख्नेलाई कारबाही हुन्छ ।’

वडा नम्बर १ मा विदेशबाट आएका ४ जना वडाको सम्पर्कमा रहेको वडाध्यक्ष श्रेष्ठले बताए । ‘विदेशबाट आएकालाई कम्तिमा दुई हप्ता परिवारसँगको सम्पर्कबाट पनि टाढै बस्नु भनेका छौँ, वडाध्यक्ष श्रेष्ठले भने ‘कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल अस्पताल जान अनुरोध गरेका छाँै ।’

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ९ : २७ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि