२०८३, १९ श्रावण बुधबार

पूर्व मन्त्री बस्नेतको कामः लकडाउन तोड्ने, गाउँ-गाउँमा भिड जम्मा गर्ने

पूर्व मन्त्री बस्नेतको कामः लकडाउन तोड्ने, गाउँ-गाउँमा भिड जम्मा गर्ने


धुलिखेल, १७ चैतः झट्टा हेर्दा उनले गरेको काम नराम्रो होइन । तर उनले अहिले जे गरिरहेका छन् । त्यो भने बिलकुलै बेठिक हो भन्नलाई कुनै संकोच मान्नुपर्दैन । स्वास्थ्य राज्य मन्त्री हुदैँ सूचना तथा सञ्चार मन्त्रीको समेत जिम्मेवार सम्हालिसकेका सिन्धुपाल्चोकका मोहन बहादुर बस्नेतको हिजो आज चुरीपुरी गाउँ गाउँमा बढेको छ ।

जबकी नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मानिस जम्मा गरेर कुनै पनि कार्यक्रम नगर्न भनेको छ । तर बस्नेतले न त सरकारलाई टेरे, न त जिल्ला प्रशासन कार्यालयलाई नै । सरकारले लकडाउन घोषण गरेको समेत हप्ता दिन पुग्नै लागिसकेको छ । तर पूर्व मन्त्री बस्नेत भने गाउँ गाउँ पुगेर राहत बाड्ने नाटक मञ्चन गरिरहेका छन् । त्यो पनि मान्छेको ठूलो संख्या जम्मा गरेर ।

यो बेला राहत बाडेर लोकप्रियता कमाउने समय होइन् । आम नागरिकलाई घरभित्रै बस्न आग्रह गर्ने र आफु पनि घर भित्रै बस्ने हो । तर पुर्व स्वास्थ्यमन्त्री समेत भइसकेका बस्नेतले घरभित्र बसेका मानिसलाई घर बाहिर बोलाउने र राहत बाड्ने गरिरहेका छन् । जुन स्वास्थ्यका हिसाबले उचित काम होइन् । राहत बाड्दा समेत कुनै दुरीको कायम नगरेको उनको तस्बिरबाटै प्रष्ट हुन्छ । यो बेला चामल, दाल होइन । मास्क, सेनिटाइजर, साबुनका आवश्यकता छ । तर बस्नेत आफु उच्च गुणस्तरको मास्क लगाउँछन्, गाउँलेलाई सस्तो मुल्यमा पाउने सर्जिकल मास्क समेत दिदैँन् ।

अहिलेको महाभारी २०७२ बैशाख १२ पछिको भुकम्प खालको होइन भन्ने समेत पूर्व मन्त्री बस्नेतले हेक्का राखेनन् । उनी आफ्नो कार्यकर्ताहरुको हल बाँधेर गाउँ पुग्छन् र मानिस भेला गरेर राहत बाड्छन् । उनले पछिल्लो पटक सुनकोशी गाउँपालिकामा पुगेर राहत बाड्ने नाटक मञ्चन गरे । अहिले राहत बाड्ने समय होइन भन्ने समेत कुराको ख्याल पूर्व मन्त्री बस्नेतले राखेनन् । स्थानीयले उनले गरेको क्रियाकलाप माथि औँला उठाए । सुनकोशी गाउँपकालिका नेपाली काँग्रेसले जीतेको पालिका समेत हो ।

जिल्ला जिल्ला विपद् ब्यवस्थापन समितिले एकद्वार प्रणली मार्फत राहत वितरण गर्ने निर्णय गरिसकेको छ । तर मन्त्री बस्नेत यो निर्णयलाई सत्याउँदै आफै केहि केजी चामल, चुन, दाल जस्ता खाद्यान्न लिएर पुग्ने गरेका छन् । सरकारको नीति विरुद्ध काम गर्ने स्थानीयलाई प्रहरीले देशका धेरै ठाउँमा कारबाही गर्ने गरेको छ । तर सिन्धुपाल्चोकमा बस्नेतलाई भने प्रशासनले अहिलेसम्म के त्यस्तो काम गरेको ? भनेर सोध्ने आट समेत गरेको पाइएको छैन ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ७ : ३२ बजे

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश