२०८३, १९ श्रावण बुधबार

काभ्रे च्यासिङ्खर्कका हरेक नागरिकलाई मास्क

काभ्रे च्यासिङ्खर्कका हरेक नागरिकलाई मास्क


धुलिखेल, १७ चैतः काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्खर्कका हरेक नागरिकलाई मास्क वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिने उपाय सहित नेकपाका युवाहरूले घर–घरमै पुगेर मास्क वितरण गरेका हुन् ।

आत्मा बिकास सेवा समाज दक्षिण कोरियाले गरेको ४३ हजार आर्थिक सहयोगबाट ३ हजार पिस मास्क खरिद गरेर गाउँमा वितरण गरिएको नेकपा च्यासिङ्खर्कका नेता पेमा लामाले बताए । च्यासिङ्खर्कको कामीडाँडा, वाइबाडाँडा, माझटोल, गोलेटोल, भञ्ज्याङ्, मदनबास, छापडाँडा, छिर्के, लडकुखोला पौवामा मास्क वितरण गरिएको छ ।

त्यस्तै भङ्गला, खल्ते, च्यालटि, गोठडाँडा, मानेचौर, हुमाङडाँडा लगायत गाउँका घर–घरै पुगेर माक्स बितरण गरिएको आत्मा बिकास सेवा समाज दक्षिण कोरियाका सस्थापक अध्यक्ष गुन्जमान तामाङले जानकारी दिएका छन । ‘यो महामारीको समयमाले एकले अर्कोलाई सहयोग गर्दा मात्रै समस्याको समाधान हुन्छ, अध्यक्ष तामाङले भने ‘त्यहि भएर सचेतनाका लागि मास्क वितरण गरेका हौँ ।’

अध्यक्ष लामाका अनुसार गाउँमा कोरोना भाइरस रोगथामका लागि आत्मा बिकास सेवा समाज दक्षिण कोरियाले स्थानीय तहमा विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर सचेतना मुलक कार्यक्रम गरिरहेको छ । हाल दक्षिण कोरियामा नै रहेका रहर लामाकाे नेतृत्वमा रकम संकलन गरी पठाइएकाे हाे ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  १ : २८ बजे

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश