२०८३, २१ आश्विन बिहीबार

काभ्रेका टिपर ब्यवसायीहरुले भने ‘क्वारेन्टाइनमा बस्नेका लागि १० टन चामल दिन्छाैँ’

काभ्रेका टिपर ब्यवसायीहरुले भने ‘क्वारेन्टाइनमा बस्नेका लागि १० टन चामल दिन्छाैँ’


धुलिखेल, १७ चैतः बागमती टिपर ब्यवसायी संघले कोरोना भाइसर संक्रमित राख्न तयार क्वारेन्टाइनका लागि १० टन चामल उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष प्रेम लामाले काभ्रे, सिन्धुपाल्चोक र भक्तपुर जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा बस्नेका लागि १० टन चामलको ब्यवस्था आफुहरुले गरेको जानकारी दिए ।

जिल्ला बिपद ब्यबस्थापन समितिको मागको आधारमा तीन वाटै जिल्लामा चामल उपलब्ध गराइने संघका अध्यक्ष लामाले बताए । ‘यो विपद्को बेला हो, हामीले जे जति सक्छौँ, त्यो सहयोग गर्नुपर्छ, लामाले भने ‘हामीले उपलब्ध गराउने चामल तीन जिल्लाको लागि हो ।’

ब्यवसायीहरुको सबैभन्दा ठूलो संस्था काभ्रे उद्योग वाणिज्य संघले १२ बोरा मात्रै चामल जिल्ला विपद् ब्यवस्थापन समितिले हस्तान्तण गरेको थियो । तर टिपर ब्यवसायीहरुले भने अहिलेसम्मकै ठूलो खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

वाणिज्य संघले १२ बोरा चामल, दुई बोरा चिउरा, एक बोरा रातो दाल, दुई बोरा मस्याउरा, एक बोरा नुन र दुई बाक्सा खाने तेल हस्तान्तरण गरेको थियो । त्यस्तै संघले विभिन्न संघसंस्थासँगको सहकार्यमा ५० वटा क्वारेन्टाइन वेडलाई आवश्यक पर्ने सामग्री पनि हस्तान्तण गरेको थियो ।

प्रकाशित मिति : २०७६, १७ चैत्र सोमबार  ६ : ४२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी