धुलिखेल, १९ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले संक्रमण नियन्त्रक औषधि छर्किन सुरु गरेको छ । पालिकाले आज कुन्ताबेशी चोकबाट संक्रमण नियन्त्रक औषधि छर्किन सुरु गरेको नगरप्रमुक टोक बहादुर वाइबाले जानकारी दिए । मानिसको भिडभाड हुने नगरपालिकाभित्रको विभिन्न ठाउँमा डिसइन्फेक्टेन्ट स्प्रे छर्कने नगरप्रमुख वाइबाले बताए । यसैबीच आजै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको टोलीले मण्डनदेउपुर नगरपालिकाको…