२०८३, १२ कार्तिक बिहीबार

पाँचखालमा एउटा वडाबाट अर्को वडामा जान रोक

पाँचखालमा एउटा वडाबाट अर्को वडामा जान रोक


धुलिखेल, २३ चैतः पाँचखालमा एउटा वडाबाट अर्को वडामा जान रोक लगाएको छ । संघीय सरकारले निर्णय गरेको भोलिपल्ट आइतबार बसेको ६२ औ बैठकले एक वडाबाट अर्को वडामा जान रोक लगाएको नगर प्रमुख महेश खरेलले जानकारी दिए । कोरोना (कोभिड १९) को संक्रमण न्यूनीकरण तथा रोकथामका लागि एक वडाबाट अर्को वडामा जान रोक लगाएको उनले बताए ।

बैठकको निर्णय अनुसार पाँचखाल नगरपालिकाले तरकारी, दूध, औषधी र खेतबारीमा काम गर्ने कृषक बाहेक भोली देखि एक वडाबाट अर्को वडामा जान जान पाइने छैन । बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम एवं सरसफाइमा नगरपालिकाबाट खटिएका कर्मचारीको मृत्यु भए २५ दिइने स्थायी, अस्थायी तथा करारका कर्मचारीको कोरोनाको कारण मृत्यु भएमा निजको परिवारलाई २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले लकडाउन भएपनि स्थानीयले नियममा नबसेको भन्दै बैंठकले मदिरा जन्य पसलहरु सबै बन्द गराउने, वडा भित्र रहेका खाद्यान्न पसलहरु हप्तामा २ दिन सोमबार र शुक्रबार खोल्ने, नगरभित्र रहेका होलसेल पसल हप्तामा १ दिन सोमबारमात्र खोल्न पाउने समेत निर्णय गरेको नगर प्रमुख खरेलले बताए ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ६ : १६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता