२०८३, ९ भाद्र बुधबार

तेमाल गाउँपालिकाका अध्यक्ष आफै पुगे स्वास्थ्य संस्थामा

तेमाल गाउँपालिकाका अध्यक्ष आफै पुगे स्वास्थ्य संस्थामा


धुलिखेल, २२ चैतः काभ्रेको तेमाल गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय सामग्री उपलब्ध गराएको छ । पालिकाले स्वास्थ्य कर्मीका लागि अति आवश्यक ब्यक्तिगत सुरक्षा लुगा (पिपिई) २० थान, ग्लोब्स ५ हजार, २ सय एमएलको सेनिटाइजर ५ सय र १ सय एमएलको १ हजार थान सबै स्वास्थ्य संस्थामा पुर्याएको हो ।

पालिकाले नियमित बाहेक कोरोना भाइरसका कारण अभाव हुन सक्ने १५ प्रकार एन्टिबायोटिक औषधि समेत सबै स्वास्थ्य संस्थामा पुर्याइसकेको स्वास्थ्य संयोजक शिवहरी पाठकले जानकारी दिए । ‘कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य कर्मीलाई चाहिने अत्यावश्यकीय स्वास्थ्य सामग्री सबै स्वास्थ्य संस्थामा पुर्याइसकेका छौँ, स्वास्थ्य संयोजक पाठकलले भने ‘स्वास्थ्य कर्मीहरुको मनोबल उच्च राख्न पनि सुरक्षा नै सबैभन्दा पहिलो कुरा हो, ‘हामीले सामान सबै पठाइसकेका छाैँ ।’

पालिकाभित्र ७ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ र धुलिखेल अपस्तालको शाखाका सहित ११ वटा स्वास्थ्य संस्था रहेका छन् । अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री पुर्याउन पालिका अध्यक्ष सलाम सिं तामाङ आफै पुगेका थिए । ‘यो बेला हामीले स्वास्थ्य कर्मीलाई हैसला प्रदान गर्नुपर्छ, पालिका अध्यक्ष तामाङले भने ‘सकेसम्म सबै स्वास्थ्य संस्थामा पुगेर प्रत्यक्ष स्वास्थ्यकर्मीलाई भेटेर पालिकाले कोरोना भाइरसको महामारी नफैलियोस भन्नका लागि अघि सारेको योजनाका बारे बताउने र गुनासो सुन्ने गरेको छु ।’

स्वास्थ्य शाखा संयोजक शिवहरी पाठकका अनुसार नीजि मेडिकल ३ वटा रहेका छन् । गाउँपालिकामा ५७ जना स्वस्थ्य कर्मी कार्यरत छन् । गाउँपालिकाले १९ लाख रुपैया कोरोना रोकथाम विरुद्ध विनियोजन गरेको छ । पालिकाले सर्वदलिय बैठक डाकेर हरेक गाउँ–गाउँमा विदेशबाट तथ्याङ्क संकलन गर्ने र सुरक्षित रहन आग्रह गर्ने निर्णय गरेका थियो ।

प्रकाशित मिति : २०७६, २२ चैत्र शनिबार  २ : २१ बजे

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको