कञ्चनपुर, १६ चैत : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले स्वर्गीय पिता जगन्नाथ ऐरको स्मृतिमा आइतबार खाद्य सङ्कटमा परेका विपन्न अवस्थाका २५ परिवारलाई राहतस्वरुप चामल वितरण गर्नुभएको छ । नगरपालिका–१० खुल्लाबस्तीका मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारलाई वडाध्यक्ष ऐरले प्रतिपरिवार १० किलोका दरले चामल वितरण गर्नुभएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित…