२०८३, २० आश्विन बुधबार

धुलिखेबाट ५० जना भारतीय नागरिक पक्राउ

धुलिखेबाट ५० जना भारतीय नागरिक पक्राउ


धुलिखेल, ४ जेठः काभ्रे प्रहरीले ५० जना भारतीय नागरिक धुलिखेलबाट नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज ८ बजे धुलिखेल आइपुगेका ती भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बा ३ ख २५४६ नम्बरको कन्टेनर भ्यानले धुलिखेल नगरपालिकाको डम्बिङ साइटमा ल्याएर छाडिदिएको थियो । कन्टेनरले भारतीय नागरिकलाई छोडेको सुचना पाउन साथ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरु सिन्धुपाल्चोकको चौतारासाँगाचोकगढी नगरपालिकाको जल्केनीबाट आएको बताइएको छ ।

काभ्रे प्रशासनले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएपछि जिल्लामा निकै कडाइ गरेको छ । पक्राउ गरेका नागरिकलाई के गर्ने भन्ने विषयमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ११ : ५२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको