२०८३, १२ कार्तिक बिहीबार

धुलिखेबाट ५० जना भारतीय नागरिक पक्राउ

धुलिखेबाट ५० जना भारतीय नागरिक पक्राउ


धुलिखेल, ४ जेठः काभ्रे प्रहरीले ५० जना भारतीय नागरिक धुलिखेलबाट नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज ८ बजे धुलिखेल आइपुगेका ती भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बा ३ ख २५४६ नम्बरको कन्टेनर भ्यानले धुलिखेल नगरपालिकाको डम्बिङ साइटमा ल्याएर छाडिदिएको थियो । कन्टेनरले भारतीय नागरिकलाई छोडेको सुचना पाउन साथ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरु सिन्धुपाल्चोकको चौतारासाँगाचोकगढी नगरपालिकाको जल्केनीबाट आएको बताइएको छ ।

काभ्रे प्रशासनले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएपछि जिल्लामा निकै कडाइ गरेको छ । पक्राउ गरेका नागरिकलाई के गर्ने भन्ने विषयमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २०७७, ४ जेष्ठ आईतबार  ११ : ५२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता