२०८१, ८ मंसिर शनिबार

पनौतीका सबै एम्बुलेन्स चालकलाई सुरक्षित लुगा

धुलिखेल, १६ चैतः पनौती नगरपालिकाले नगरभित्र सञ्चालित सबै एम्बुलेन्स चालकहरूका लागि विशेष खालको ब्यक्तिगत सुरक्षा लुगा प्रदान गरेको छ । पालिकाभित्र सञ्चालनमा रहेका ३ वटा एम्बुलेन्सका चालकलाई कपडा प्रदान गरिएको छ । नगरप्रमुख भिमप्रसाद न्यौपानले आइतबार चालकहरुलाई सुरक्षा कपडा, उच्च गुणस्तीय मास्क र ग्लब्स वितरण गरेका हुन् ।