धुलिखेल, ९ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले किसानलाई कोदो र धानको बीउ वितरण गर्ने भएको छ । पालिकाभित्रका किसानलाई ८५ प्रतिशत अनुदानमा धान र कोदोको आवश्यक पर्ने बिउ वितरण गर्ने बताएको हो । पालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार खुमल ४, सुख्खा ३, माछापुच्छ्रे ३, लुम्ले २ र छोमरोङ जातको धान बिउ किसानलाई…