धुलिखेल, २८ चैतः काभ्रेको पाँचखाल नगरपालिकाले स्वास्थ्य कर्मीको १७ प्रतिशत तलब कट्टी गरेको पाइएको छ । संघीय सरकारले स्वास्थ्य कर्मीको तलब कट्टी नगरेको स्पष्टीकरण दिइरहदाँ पाँचखाल नगरपालिकाले भने १७ प्रतिशत तलब कटौती गरेको स्वास्थ्य कर्मीहरुले बताएका छन् । नगरपालिकाले विपद् ब्यवस्थापन कोषका लागि ७० जना स्वास्थ्य कर्मीको तलब कटौती गरेको पाँचखाल स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर…