२०८३, २० आश्विन बुधबार

मण्डनदेउपुरमा विपन्न परिवारका लागि जिविकोपार्जन कार्यक्रम सञ्चालन गरिदैँ

मण्डनदेउपुरमा विपन्न परिवारका लागि जिविकोपार्जन कार्यक्रम सञ्चालन गरिदैँ


धुलिखेल २१ पुस :   काभ्रेको मण्डनदेउपुर नगरपालिकामा विपन्न परिवारका लागि जिविकोपार्जन कार्यक्रम सञ्चालन हुने भएको छ । विपन्न परिवारका लागि जिविकोपार्जन कार्यक्रम नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालन हुन लागेको हो ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै यो कार्यक्रममा सहभागी हुन निवेदन माग गरेको छ । वडा नं १ देखी ११ सम्मका विपन्न परिवारहरुले निवेदन १५ दिनभित्र पेश गर्न सक्नेछन् । नेपाल रेडक्रस सोसाइटीले गत बर्ष पनि यो कार्यक्रम सञ्चालन गरेको थियो ।

यो बर्ष ११ वटा वडाका १०/१० जना गरिव तथा विपन्न परिवारलाई समावेश गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो । यो कार्यक्रममा भूमिहिन सुकुम्बासी परिवार, ‘क’, ‘ख’ वा अन्य बर्गको अपाङ्गता भएको परिवार, बाबुआमा दुवै गुमाएको नाबालक भएको परिवार र पालनपोषण तथा संरक्षण गर्ने व्यक्ति नभएको ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक भएका परिवार लगायतलाई प्राथमिकता दिईने बताइएको छ ।

प्रकाशित मिति : २०७७, २१ पुस मंगलबार  ९ : २९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको