२०८३, २० आश्विन बुधबार

धुलिखेल ११ पात्लेखेतमा यो वर्ष साना ठुला गरि ४० ओटा आयोजनाहरु संञ्चालन हुने

धुलिखेल ११ पात्लेखेतमा यो वर्ष साना ठुला गरि ४० ओटा आयोजनाहरु संञ्चालन हुने


धुलिखेल १४ पुस :  काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा यो वर्ष साना ठुला गरि ४० ओटा आयोजनाहरु संञ्चालन हुने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा वडा स्तरीय,नगर स्तरीय, प्रदेश र संघ सरकार बाट बिनियोजित बजेट अनुसार ४० ओटा आयोजनाहरु संञ्चालन गर्न लागीएको वडा अध्यक्ष विष्णु धितालले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिएर दोस्रो चौमासिक सुरु भए संगै बिकास निमार्णका कामहरु सुरु भएका छन् । वडामा संञ्चालन हुने खानेपानी आयोजना अन्र्तगत पण्डीत चौर ,आरुबोट,तिल खोरिया ,तिवारी टोल लगायत वडामा खानेपानि उपभोक्ता समिति गठनको काम सकिएको छ ।

यस्तै वडा भित्रका बिभिन्न सडक खण्डहरु मर्मत संभार र स्तर उन्नतीका लागी काम सुरु भएको छ । आरुबोट देखी तिल खोरिया सम्मको ग्रामिण सडक मर्मत संभार र स्तर उन्नतीका लागी ३० लाख रुपौया बजेट बिनियोजन गरिएको वडा अध्यक्ष धितालले बताउनुभयो । डाँडाँगाँउ–कल्छे–तिनपिप्ले जोड्ने सडक मर्मतमा लागी टेन्डर प्रक्रिया सुरु भईसकेको छ । यस्तै शान्तीपुर ढुङ्गाना गाँउ सडक मर्मत सम्भारका लागी समिति गठन भईसकेको छ ।

कालिदेवि विद्यालय हुदै पण्डीत गाँउ जानेसडकका लागी १० लाख, स्वास्थ्य चौकी बाटा नमोबुद्ध जाने सडक हुदै थुजेछे गुम्बा जाने सडकका लागी ११ लाख बिनियोजन गरिएको छ ।

वडा,नगर,प्रदेशर संघ बाट बिभिन्न क्षेत्रका लागी बिनियोजन गरिएको बजेटका आयोजनाहरु संञ्चालनको क्रममा रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ९ : ३९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको