धादिङ, २२ भदौ: त्रिशूली नदीबाट बालुवा झिकेर जीविका चलाइरहेका बालुवा मजदूरहरु जोखिम मोलेर परिवार पालिरहेका छन् । गल्छी गाउँपालिका वडा नं ४ बेल्खुस्थित त्रिशूलीबाट दैनिक बालुवा झिकेर गुजारा गरिरहेका जाजरकोटबाट आएका रमेश रोकाया त्रिशूलीको भेलसंँगै बालुवा झिकेर साथीको थुञ्चेमा राख्दै हुनुहुन्थ्यो । घर छाडेर बालुवा झिक्न आई नदीको भेलमा हेलिँदा जोखिम जति भए पनि आम्दानीले…