२०८३, १४ कार्तिक शनिबार

निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !

निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !


काठमाडौं, भदौ २६ : निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ । काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेरै उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएपछि घटना रहस्यमय बनेको हो ।

पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका उनले आफुलाई निर्मलाको परिवारले न्याय नपाउने लागकोले नैतिक रुपमा समितिमा बसिरहन नसकेको बताए । उनले भने, मेरो उच्चस्तरीय छानविन समितिसँग कुनै असहमति होईन तर मैले निर्मला हत्याकाण्डमा खर्चेका दैनिक २० घण्टाका दरले १५ दिनमा आफुलाई उनको परिवारले न्याय नपाउने लाग्यो ।

तर, उनले अनुसन्धानमा रहेको त्रुटि, अपराधीको ठुलो सञ्जाल वा राजनीतिक पहुँचबारे बताउन चाहेनन् । मेरो एकल प्रयासले उनको परिवारले न्याय पाउँदैनन् ।
भन्ने लागेरै राजीनामा दिएको हुँ ।
– अन्नपुर्ण पोष्ट

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ६ : ३६ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २३ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । देशभर आज वर्षाको सम्भावना रहेको छ। जल तथा