२०८३, १४ कार्तिक शनिबार

निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, त्यसो भए दिलीप विष्ट को हुन् ?

निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’, त्यसो भए दिलीप विष्ट को हुन् ?


काठमाडौं, भदौ २५ : राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका मातापिता दुर्गादेवी र यज्ञराजलाई भेटे । ‘प्रहरीको सुरुवाती भूमिकाप्रति तपाईंहरूको असन्तुष्टि देखिएपछि नयाँ अनुसन्धान टोली बनाएर काम भइरहेको छ ।

नयाँ टोलीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ । निर्मलालाई बलात्कार गरी हत्या गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानुनी दायरामा ल्याइन्छ । उसलाई छाडिन्न,’ भेटमा के कुरा भन्नुभयो भन्ने प्रश्नको जवाफमा आइजिपी खनालले भने त्यसपछि उनलाई सोधियो, ‘त्यसो भए मुख्य अभियुक्त भन्दै गत ४ भदौमा पक्राउ गरिएका दिलीपसिंह विष्टचाहिँ को हुन् ? के उनी अवास्तविक र छद्म अभियुक्त हुन् ?’ जवाफमा आइजिपी खनालले भने, ‘अनुसन्धानका क्रममा शंकाको घेरामा आएका मानिसहरूलाई गिरफ्तार गरी सोधपुछ गरिन्छ ।

दिलीपमाथि पनि कानुनसम्मत ढंगले अदालतबाट म्याद लिएर सोधपुछ भइरहेको छ ।’आयोगको कार्यक्रममा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले झन् चर्को स्वरमा भने, ‘निर्मलाका अपराधी अन्तरिक्षमै भए पनि पक्राउ गर्छौँ ।’ स्थानीय र पीडित परिवारको आशंका तत्कालीन प्रहरी नेतृत्वप्रति रहिरहेको बुझेका आइजिपी खनालले सोही कार्यक्रममा भने, ‘एसपी हुँदा नै डिएसपीलाई बाँकी नराखेको मान्छे हुँ । यस घटनामा कुनै प्रहरी कर्मचारी दोषी देखिए एसपी त के, एआइजीसम्मलाई छाडिन्न ।’
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २५ भाद्र सोमबार  ७ : २६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा