सर्लाही, ९ असोज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज नापी कार्यालय सर्लाही, सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेको छ । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो । अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए…