काठमाडौं, १३ जेठ नेपालमा कोरोना भाइरस ४६ जिल्लामा फैलिएको छ । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । नेपालमा थप ४३ जना कोरोना संक्रमणमुक्त हुँदै अस्पतालबाट घर फर्किएका छन् । वीरगन्जको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज…