२०८३, १० भाद्र बिहीबार

काभ्रेमा ५२ बेडको आइसोलेसन थप्ने तयारी

काभ्रेमा ५२ बेडको आइसोलेसन थप्ने तयारी


धुलिखेल, १ असारः काभ्रे जिल्लामा ५२ बेडको आइसोलेसन थपिने भएको छ । हाल जिल्लामा १३ वेड मात्रै आइसोलेसन छ । सोमबार बसेको कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेको बैठकले पनौती, नमोबुद्धको मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलको सञ्जिवनी विद्यालयमा १०÷१० वेडको आइसोलेशन तयार निर्णय गरेको हो ।

त्यस्तै ८ वेड आइसोलेशन भएको धुलिखेल अस्पतालमा १५ वेड र पाँच बेड रहेको शीर मेमोरियल अस्पताल बनेपामा थप ५ बेड आइसोलेसन बनाउने निर्णय सीसीएमसीले गरेको छ । बैठकले कति समयभित्र तयार गरिसक्ने भने निर्णय गरेको छैन् । जतिसक्दो छिटो बनाउने मात्रै उल्लेख गरिएको छ । जिल्लामा क्वारेन्टाइन संख्या बढ्दै जाँदा अहिलेसम्म पनि आइसोलेसन नबढाइएको भन्दै काभ्रेली नागरिकहरुले चिन्ता ब्यक्त गरेका छन् ।

जिल्लामा क्वारेन्टाइन बेड संख्या ७ सय ३ पुगेको छ । ११ बेड संख्या पाँचखालमा २९ बेड थपिएको छ । धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा ६०, रोशी गाउँपालिमा ८५ बेड संख्या क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । त्यस्तै महाभारतमा ४६, मण्डदेउपुरमा २५, चौरीदेउरालीमा ३०, भूम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १ सय ५ र खानी खोला गाउँपालिकामा २४ बेडको क्वारेन्टाइन रहेको छ ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ५ : ४५ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री