२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा ५२ बेडको आइसोलेसन थप्ने तयारी

काभ्रेमा ५२ बेडको आइसोलेसन थप्ने तयारी


धुलिखेल, १ असारः काभ्रे जिल्लामा ५२ बेडको आइसोलेसन थपिने भएको छ । हाल जिल्लामा १३ वेड मात्रै आइसोलेसन छ । सोमबार बसेको कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेको बैठकले पनौती, नमोबुद्धको मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलको सञ्जिवनी विद्यालयमा १०÷१० वेडको आइसोलेशन तयार निर्णय गरेको हो ।

त्यस्तै ८ वेड आइसोलेशन भएको धुलिखेल अस्पतालमा १५ वेड र पाँच बेड रहेको शीर मेमोरियल अस्पताल बनेपामा थप ५ बेड आइसोलेसन बनाउने निर्णय सीसीएमसीले गरेको छ । बैठकले कति समयभित्र तयार गरिसक्ने भने निर्णय गरेको छैन् । जतिसक्दो छिटो बनाउने मात्रै उल्लेख गरिएको छ । जिल्लामा क्वारेन्टाइन संख्या बढ्दै जाँदा अहिलेसम्म पनि आइसोलेसन नबढाइएको भन्दै काभ्रेली नागरिकहरुले चिन्ता ब्यक्त गरेका छन् ।

जिल्लामा क्वारेन्टाइन बेड संख्या ७ सय ३ पुगेको छ । ११ बेड संख्या पाँचखालमा २९ बेड थपिएको छ । धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा ६०, रोशी गाउँपालिमा ८५ बेड संख्या क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । त्यस्तै महाभारतमा ४६, मण्डदेउपुरमा २५, चौरीदेउरालीमा ३०, भूम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १ सय ५ र खानी खोला गाउँपालिकामा २४ बेडको क्वारेन्टाइन रहेको छ ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ५ : ४५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना