२०८३, ८ कार्तिक आईतबार

काभ्रे काँग्रेसद्वारा एम्बुलेन्स चालकलाई पिपिई वितरण

काभ्रे काँग्रेसद्वारा एम्बुलेन्स चालकलाई पिपिई वितरण


धुलिखेल, १ असारः नेपाली काँग्रेस काभ्रेले जिल्लाका एम्बुलेन्स चालकहरुलाई पिपिई वितरण गरेको छ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं केन्द्रीय श्रमिक संघका संयोजक शिवप्रसाद हुमागाईले जिल्लाभरका एम्बुलेन्स चालकहरूलाई एक कार्यक्रमका बिच पिपिई हस्तान्तण गरेका हुन् ।

काभ्रेमा सञ्चालनमा रहेका ३५ एम्वुलेन्स चालकहरूलाई पिपिई वितरण गरिएको नेपाल ट्ेडयुनियन काभ्रेका सचिव नारायण सापकोटाले जानकारी दिए । सोमबार बनेपामा आयोजित कार्यक्रममा नेता हुमागाईले एम्बुलेन्स चालकहरुलाई खादा लगाएर सम्मान समेत गरे । ‘जो सबैभन्दा पहिलो घेरामा रहेर काम गर्छ, विपत्तिको बेला उहि बढी सुरक्षित हुनुपर्छ, हुमागाईले भने ‘त्यसैले तपाईहरुको कामप्रति सम्मान गर्छु, कोरोना भाइरस संक्रमणबाट स्वयम चालकहरु पनि जोगिन जरुरी छ ।’

कार्यक्रममा पुर्व सांसद तिर्थवहादुर लामा, नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेश प्रसाद हुमागाई, नेपाली काँग्रेसका जिल्ला सदस्यहरू समीर व्यञ्जु, रविन्द्र सिग्देल, अर्जुन सापकोटा, शिक्षक संघका सचिब शम्भु घिमिरे, नेपाली काँग्रेस बनेपा नगर सभापति राम जोशी लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागि भएका थिए ।

काँग्रेस काभ्रेले यसअघि पनि जिल्लाका सबै स्थानीयहरुलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । नेता हुमागाई आफै स्वास्थ्य सामग्री हस्तान्तणका लागि स्थानीयहरुमा पुगेका थिए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ६ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना