२०८३, ११ बैशाख शनिबार

काभ्रे काँग्रेसद्वारा एम्बुलेन्स चालकलाई पिपिई वितरण

काभ्रे काँग्रेसद्वारा एम्बुलेन्स चालकलाई पिपिई वितरण


धुलिखेल, १ असारः नेपाली काँग्रेस काभ्रेले जिल्लाका एम्बुलेन्स चालकहरुलाई पिपिई वितरण गरेको छ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं केन्द्रीय श्रमिक संघका संयोजक शिवप्रसाद हुमागाईले जिल्लाभरका एम्बुलेन्स चालकहरूलाई एक कार्यक्रमका बिच पिपिई हस्तान्तण गरेका हुन् ।

काभ्रेमा सञ्चालनमा रहेका ३५ एम्वुलेन्स चालकहरूलाई पिपिई वितरण गरिएको नेपाल ट्ेडयुनियन काभ्रेका सचिव नारायण सापकोटाले जानकारी दिए । सोमबार बनेपामा आयोजित कार्यक्रममा नेता हुमागाईले एम्बुलेन्स चालकहरुलाई खादा लगाएर सम्मान समेत गरे । ‘जो सबैभन्दा पहिलो घेरामा रहेर काम गर्छ, विपत्तिको बेला उहि बढी सुरक्षित हुनुपर्छ, हुमागाईले भने ‘त्यसैले तपाईहरुको कामप्रति सम्मान गर्छु, कोरोना भाइरस संक्रमणबाट स्वयम चालकहरु पनि जोगिन जरुरी छ ।’

कार्यक्रममा पुर्व सांसद तिर्थवहादुर लामा, नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेश प्रसाद हुमागाई, नेपाली काँग्रेसका जिल्ला सदस्यहरू समीर व्यञ्जु, रविन्द्र सिग्देल, अर्जुन सापकोटा, शिक्षक संघका सचिब शम्भु घिमिरे, नेपाली काँग्रेस बनेपा नगर सभापति राम जोशी लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागि भएका थिए ।

काँग्रेस काभ्रेले यसअघि पनि जिल्लाका सबै स्थानीयहरुलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । नेता हुमागाई आफै स्वास्थ्य सामग्री हस्तान्तणका लागि स्थानीयहरुमा पुगेका थिए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ६ : ०४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले