२०८१, ६ मंसिर बिहीबार

नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

काठमाडौं १२ जेठ : कोरोना भाइरस संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको भएको छ । बाराको करैयामाई गाउँपालिका ७ का ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको थियो ।