२०८३, ७ कार्तिक शनिबार

दाङमा संक्रमितको बेहाल, बेड नहुँदा भुइँमा राखेर उपचार

दाङमा संक्रमितको बेहाल, बेड नहुँदा भुइँमा राखेर उपचार


दाङ, १८ बैसाख :  दाङमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा बेड अभाव यथावत छ । कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भइरहेको छ । अस्पतालको बरण्डामा राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्णबहादुर ओलीले बताए ।

प्रदेशस्तरीय कोरोना अस्पताल ‘बेलझुण्डी कोरोना विशेष अस्पताल ‘हाउस फूल’ भए पनि उपचारको अर्को व्यवस्था भने जिल्लामा हुन सकेको छैन । यही अस्पताल पनि पूर्णत सञ्चालन हुन सकेको छैन । पटक पटक क्षमता बढाउने निर्णय भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा नागरिकको उपचारमा लापरवाही देखिएको हो । अहिले अस्पताल ४२ शैंयामा चलिरहेको छ ।

अस्पताल कोरोना संक्रमित बिरामीले भरिँदा अस्पातलमा बेड अभाव भएको अस्पतालका व्यवस्थापक ओलीले जानकारी दिए । २५ बेड बट सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ४२ बेडसम्म पु¥याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको उनको भनाइ छ ।

‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु’, उनले भने, ‘यो समस्या पटकपटक माथिल्लो निकायलाई जानकारी गराउँदा समेत सुनुवाइ भएको छैन ।’ अहिलेको अवस्थामा अक्सिजन बिना उपचार सम्भव नभएको र भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भएको व्यवस्थापक ओलीले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ९ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना