काठमाडौं, २० असोज : छिमेकी चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । चिनियाँ राजदूत होउ यान्छीसँग आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले यसको पुष्टि गरेका हुन् । उक्त भेटमा चिनियाँ सरकारले थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय गरेको जानकारी राजदूत…