२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास

मण्डनदेउपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास

२ करोड, ८२ लाख, ६५ हजार, १२१ रूपैयाँ लागतमा निर्माण हुने


धुलिखेल १९ असोज  : काभ्रेको मण्डनदेउपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ ।
नगरपालिकाको वडा नम्बर १० चण्डेनीमण्डनमा स्वास्थ्य चौकी निमार्ण हुने भएको छ । भवनको शिलन्यास स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले आज चण्डेनीमण्डन स्वास्थ्य चौकी भवनकोगर्नुभएको हो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने स्वास्थ्य चौकी भवन २ करोड, ८२ लाख, ६५ हजार, १२१ रूपैयाँ लागतमा निर्माण हुने वडाध्यक्ष बिष्णुमणि नेपालले जानकारी दिनुभयो । नेपालका अनुसार स्वास्थ्य चौकी भवन निर्माणको कार्य २०७९ असारसम्म सम्पन्न हुने छ ।

स्वास्थ्य चौकीको पहिलेको भवन २०७२ साल बैशाख १२ गतेको भुकम्प र त्यस यताको पराकम्पले क्षति ग्रस्त बनेको थियो । २०७२ को भुकम्पले क्षतिग्रस्त स्वास्थ्य चौकीमध्ये ११ वटा नेपाल सरकार र १२ वटा स्वास्थ्य चौकी भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २०७८, १९ आश्विन मंगलबार  ७ : २८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने