२०८३, १२ बैशाख आईतबार

पछिल्लो २४ घन्टामा ३,७२९ कोरोना संक्रमित, १,८८५ जना निको, २५ को मृत्यु

पछिल्लो २४ घन्टामा ३,७२९ कोरोना संक्रमित, १,८८५ जना निको, २५ को मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९


काठमाडौं, २२ साउन :  पछिल्लो २४ घन्टामा १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३,७२९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ९,४९३ नमूनाको पीसीआर र ६,१८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो । जसमध्ये २,४३० नमूनाको पीसीआरबाट र १,२९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १,८८५ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४२७ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८, २२ श्रावण शुक्रबार  ७ : ५६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले