काठमाडौं, १९ फागुन : भारतको कर्नाटक राज्यका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको बताएका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ । उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका…