२०८२, ३ असार मंगलबार

भागरथी हत्या प्रकरणः अभियुक्तले बलात्कार नस्वीकार्दा प्रहरी तनावमा

भागरथी हत्या प्रकरणः अभियुक्तले बलात्कार नस्वीकार्दा प्रहरी तनावमा


बैतडी, ५ फागुन । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले नाताले भाइ पर्ने छिमेकी दिनेश भट्टराईलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

भागरथी भट्टको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै निकै ठूलो आलोचना खेपिरहेको सरकार र प्रहरी प्रशासनले घटना भएको दुई सातापछि अभियुक्त सार्वजनिक गरेको हो ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी नेतृत्वको टोलीले शंकास्पद १६ वर्षीय भट्टलाई केही दिन अघि नै पक्राउ गरी बयान लिएर बुधबार सार्वजनिक गरेपछि प्रहरी अपराधि नजिक पुगेको बताइएको छ । तर अभियुक्तले हत्या गरेको स्वीकारे पनि बलात्कार नगरेको बयान दिएपछि प्रहरी अनुसन्धानमा थप चुनौती भने थपिएको छ । पोष्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको देखाएकाले घटनामा अरुको पनि संलग्नता छ वा आरोपी एक्लैले घटना घटना घटाएका हुन् प्रहरी निचोडमा पुग्न सकेको छैन । अभियुक्तले बलात्कार नस्वीकार्दा प्रहरी थप तनावमा परेको छ । एउटै व्यक्तिले बलात्कार गरेर हत्या गरेको गाउँलेले पनि स्वीकार्न सकेका छैनन् । बलात्कारीको खोजी गर्नुपर्छ भन्दै आफन्तले भट्टको शव पनि बुझेका छैनन् ।

अभियुक्त भट्टले विद्यालयबाट एक घण्टा पहिल्यै आएर बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुग्नेबेला बाटोमुनि पछारेर घाँटी निमोठी हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । प्रारम्भिक रुपमा घटनास्थलको तथ्य र प्रमाण हेर्दा दिनेश एक्लैले हत्या गरेको पत्याइहाल्न सक्ने अवस्था छैन । किशोरले आफ्नो परिवारका एक सदस्यमाथि भागरथीका बुवाले बलात्कार गरेको घटनाको बदला लिन उनको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । बयानमा दिनेशले हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको बताएका छन् ।

भागरथी स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा र दिनेश सोही विद्यालयमा कक्षा ११ मा अध्ययन गर्थे । उनीहरु नाताले छिमेकी दिदीभाइ पर्छन । माघ २१ गते विद्यालय गएकी भागरथी माघ २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति : २०७७, ५ फाल्गुन बुधबार  ८ : ४० बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार