२०८३, १३ बैशाख सोमबार

यौन भिडियो सार्वजनिक भएपछि मन्त्रीले दिए राजीनामा

यौन भिडियो सार्वजनिक भएपछि मन्त्रीले दिए राजीनामा


काठमाडौं, १९ फागुन :  भारतको कर्नाटक राज्यका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको बताएका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ ।

उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । यसअघि जरकीहोलीमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

जारकीहोली एक महिलासँग सम्भोगरत सीडी सार्वजनिक भएपछि हंगामा मच्चिएको हो । सामाजिक कार्यकर्ता दिनेश कल्लाहल्लीले सीडी सार्वजनिक गर्दै रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकीहोलीले महिलाको यौन शोषण गरेको आरोप लगाएका छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार यो काण्ड सार्वजनिक भएपछि विपक्षी दल भारतीय कांग्रेसले मन्त्रीको राजीनामा मागेको थियो । एजेन्सी

प्रकाशित मिति : २०७७, १९ फाल्गुन बुधबार  ८ : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले