२०८३, १३ बैशाख सोमबार

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपनाको विजयजंगविरुद्ध प्रहरीमा उजुरी

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपनाको विजयजंगविरुद्ध प्रहरीमा उजुरी


काठमाडौं २ फागुन :  बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

बस्नेतले आफ्ना नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै १८ वर्षीया सपनाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् ।

बस्नेतले नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै सपनाले अभद्र व्यवहारको मुद्दामा उजुरी दर्ता गराएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए । उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो । गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन् ।

प्रकाशित मिति : २०७७, २ फाल्गुन आईतबार  ७ : २४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले