२०८३, ७ कार्तिक शनिबार

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपनाको विजयजंगविरुद्ध प्रहरीमा उजुरी

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपनाको विजयजंगविरुद्ध प्रहरीमा उजुरी


काठमाडौं २ फागुन :  बीबीसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

बस्नेतले आफ्ना नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै १८ वर्षीया सपनाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् ।

बस्नेतले नांगा तस्वीर देखाई दिने धम्की दिएको भन्दै सपनाले अभद्र व्यवहारको मुद्दामा उजुरी दर्ता गराएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए । उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो । गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन् ।

प्रकाशित मिति : २०७७, २ फाल्गुन आईतबार  ७ : २४ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने