२०८३, ७ कार्तिक शनिबार

अदालतको गेटबाटै पक्राउ परेका बास्तोलालाई काभ्रे ल्याइयो

अदालतको गेटबाटै पक्राउ परेका बास्तोलालाई काभ्रे ल्याइयो


धुलिखेल १०, फागुन । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पक्राउ गरी काभ्रे ल्याइएको छ ।

प्रहरीले सोमबार उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काभ्रे ल्याएको हो । काभ्रेमा वास्तोलाविरुद्ध संगठित अपराधको मुद्दा दर्ता भएको बताइएको छ ।

सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो ।

प्रतिबन्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ताको तयारी गरिरहेको बेला वास्तोला अदालतबाटै पुनः पक्राउ परेका हुन् । सरकारको नेतृत्व गरिरहेको नेकपा ओली समूह र प्रतिबन्धित विप्लव समूहबीच पार्टी एकतासम्मको कुरा चलिरहेको छ । सरकारसँग वार्ताका लागि आफूहरु सकारात्मक रहेको विप्लवले विज्ञप्तिमार्फत् जनाइसकेका छन् ।

अदालतबाट पुनः पक्राउ पर्नु अघि नेता वास्तोलाले पनि आफ्नो पार्टी वार्ताका लागि तयार रहेको तर त्यसका लागि सरकारले इमान्दारीपूर्वक प्रयास गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमबार  ११ : १९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने