ताप्लेजुङ । कुनै समय गाउँघरको दैनिकीसँग जोडिएको चोयाको डालो अहिले बजारमा प्लास्टिकका सामग्रीले विस्थापित गर्न थालेका छन्। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा भने स्थानीय उद्यमीले मालिङ्गोको चोयाबाट हातैले बुनेका डालोलगायत घरेलु सामग्री बिक्रीका लागि राखेका छन्। अन्नपात, घाँसपात तथा अन्य सामग्री राख्न र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न प्रयोग हुने डालो नेपाली ग्रामीण जीवनको पुरानो चिनारी…